
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियनले शनिबार विराटनगरमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकमा धार्मीक सद्भाव डगमगाइ रहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको बताउनुभयो ।
देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर दिएको अभिव्यक्ति आपत्तिजनक रहेको उहाँको भनाई छ । जिम्मेवार व्यक्तिले यसप्रकार दिएको अभिव्यक्तिले मुलुकमा अप्ठ्यारो अवस्था आउनसक्ने कोइरालाको भनाइ छ ।
पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकलाई असर पारेको भन्दै कोइरालाले कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्