
एजेन्सी । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित हुनुभएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो । जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३ र २४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गर्नुभएको बताउनुभयो ।
मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताउनुभयो । जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
जिम्बाबेका जनताले बुधवार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए ।
जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्