
काठमाडौं । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।
३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।
नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताए ।
रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टीममा सीता राना मगर, इन्दु बर्मा,काजोल श्रेष्ठ, बिन्दु रावल, पुजा महतो, अस्मिना कर्माचार्य,खुसी ढंगोल,इश्वरी विष्ट,सम्झना खड्का,अप्सरी बेगम,कविता कुँवर,कविता जोशी र रुवी पोदार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्