
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ ।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद राणा यस्तो बताउनुभएको हो । उहाँले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताउनुभयो ।
सांसद राणाले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्