२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा अपरिहार्य : महानिर्देशक सिंह


182
Shares

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित ‘जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भुमिका विषयक अभिमुखीकरण कार्यक्रम’ मा बोल्दै महानिर्देशक डा. सिंहले यस्तो बताउनुएको हो । उहाँले विपद् जोखिम न्युनिकरणका लागि र्‍यापिड रेस्पोनन्स टिम चुस्त दुरुस्त बनाउनुपर्ने बताउनुभयो ।

महानिर्देशक डा. सिंहले जोखिमको अवस्थामा सही र सत्य सूचना दिनुपर्ने बताउनुभयो । सिंहले स्वास्थ्यका समस्याहरु हल गर्न प्रवद्र्धनात्मक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले नेपालमा जोखिम सञ्चारको भुमिका अग्रणी रहने बताउनुभयो । उहाँले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्वपूर्ण रहने बताउनुभयो । श्रेष्ठले सही सूचनाले व्यक्तिको व्यवहारमा परिवर्तन आउने बताउनुभयो । उहाँले स्वास्थ्य विषय संवेदनशिल रहेको भन्दै विपद्मा स्वास्थ्य पत्रकारिताको भुमिका अग्रणी रहने बताउनुभयो ।

सहभागी अन्य वक्ताहरुले विपद्को समयमा स्वास्थ्य सचेतना पैदा गर्नुपर्ने बताएका थिए ।