
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताउनुभएको छ ।
आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै सांसद सिंहले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताउनुभयो ।
सांसद सिंहले अहिले भने सत्ता गठबन्धनसँग कुनैपनि सौदाबाजी नभएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतमिा नसमेटेकोप्रति असन्तुष्टि जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्