१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ


624
Shares

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताउनुभएको छ ।

आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताउनुभयो ।

मन्त्री गुरुङले मुलुकमा शून्य सहनशिलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । उहाँले सरकारले आयोजनाको ठेक्का लगाए पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने कुरालाई ध्यान दिन नसकिएको बताउनुभयो ।

मन्त्री गुरुङले सरकारले आयोजनालाई ठेक्का लगाउने मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्ने नीति लिएको दाबी गर्नुभयो । उहाँले मुलुकमा सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालिन योजनाको परिकल्पना पूरा हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले शहरी विकास मन्त्रालयले सहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो ।

मन्त्री गुरुङले व्यवस्थित र योजनावद्ध शहरीकरणको लागि एकीकृत बस्ती विकास,जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । उहाँले नयाँ शहर र स्मार्ट सिटीका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा र भारतसँग सीमा जोडिएका १७ वटा सहरहरुलाई व्यवस्थित गरेर बसार्इंसराईलाई नियन्त्रण गरी व्यवस्थित सहर बनाउने योजना सरकारको रहेको बताउनुभयो ।