
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको दाबी गर्नुभयो । उहाँले सरकार ढाल्ने कोसिश गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने बताउनु भयो । उहाँले अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गर्नुभयो । उहाँले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गर्नुभयो । उहाँले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति शुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताउनु भयो । उहाँले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताउनु भयो । उहाँले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भारत—नेपाल सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरुले पचाउन नसकेको बताउनु भयो । उहाँले
प्रतिक्रिया दिनुहोस्