१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिन नेता पुनको आग्रह


143
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरुमा साथ दिन सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आउनुभएका पछिल्लो अभिव्यक्तिको पनि प्रशंशा गर्नुभयो ।

उहाँले राज्य शक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरुलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताउनु भयो ।