
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नु भएको हो । सांसदहरुले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरु हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताउनुभयो । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उहाँको भनाई थियो ।
मन्त्री गुरुङले आफू जिन्दगीभर विचौलियाविरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरुलाई अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्