
इलाम । कोशी प्रदेश सरकार बजेट विहिन अवस्था पुगेपछि त्यसको असर प्रदेशका विभिन्न कार्यालयहरुमा पनि पर्न थालेको छ ।
प्रदेश मातहतका कार्यालयहरुबाट हुने राजश्व संकलनदेखि अन्य प्रशासनिक काममा असर परेको हो । डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा वपन अन्योल देखिएको छ । इलामस्थित यातायात कार्यालयमा न्यून मात्र सेवाग्राहि पुगेको कार्यालय प्रमुख छबिलाल खतिवडाले बताउनु भएको छ ।
इलामस्थित डिभिजन वन कार्यालयले तत्कालका लागि राजश्व संकलनको काम स्थगित गरेको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्