१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोसाइँकुण्डमा जनैपूर्णिमामा स्नान गर्नेको घुइँचो


1.443k
Shares


काठमाडौं । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

नीलाद्री पर्वतमा लाग्ने मेलामा पुुगेका आज हजारौंको संख्यामा भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजा गरिरहेका छन् ।
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उँचाइमा रहेको गोसाइँकुण्डमा आज बिहानैदेखि स्नान तथा पूजा गर्न भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

जनैपूणिर्माको दिन गोसाइँकुण्डमा स्नान गरी पूजा गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास रहेको छ ।