
काठमाडौं । आज जनैपूर्णिमा एवं रक्षा बन्धन ।देशभरका शक्तिपीठ र घरघरमा व्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवित र दिदीबहीनिहरुले राखि बाँधिदिने प्रचलन छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सत्य सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
सो अवसरमा काठमाडौंमा पशुपतिनाथ लगायतका देवालय र ललिपुरको कुम्भेश्वर लगायतका मन्दिरमा भक्तजनको भीड रहेको छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।







प्रतिक्रिया दिनुहोस्