२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन


507
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो ।

आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने छ ।

प्रकाशित नामावली अनुसार निवेदन दिनेहरुमा आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. संगीता सिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठ, डा.प्रविण मिश्र, प्रा.डा पियुस दाहाल र प्रा.डा विधाननिधि पौडेल रहेका छन् ।

यस्तै, आयोगको उपाध्यक्ष लागि डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीले पनि उपाध्यक्षको लागि आवेदन दिएका छन् ।