१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी


3.627k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पछि पार्दै पारस खड्का अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो । पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित भए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । उनीहरु तीनैजना पारसको प्यानलबाट उठेका थिए ।

सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन् । यस्तै अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्य निर्वाचित भए । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।