
काठमाडौ । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गर्दैछ ।
गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा आज एकैसाथ सुरु गर्ने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिनुभएको थियो । अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रिय कमिटी सदस्यहरुलाई कार्यक्षेत्र तोकिसकेको छ ।
जस अनुसार अध्यक्ष प्रचण्डले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ को घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागित जनाउनुहुने बताइएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानुहुने भएको छ । उपाध्यक्षहरुमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, प्रपक्ता सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२को जिम्मेवारी लिनु भएको छ ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घरघरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्