
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रोपाइँ जात्रा निकालिएको छ ।
नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले रोपाइँ जात्रा निकालेको हो ।
नेवार संस्कृतिमा आधारित रोपाइँ जात्रामा यहाँका विभिन्न जातजाती तथा समुदायका मानिसको सहभागिता रहेको थियो । वर्षेनी निकालिने यो जात्रा ताप्लेजुङमा सबै जातजाती तथा समुदायको उत्सबका रुपमा मनाउने गरेका छन् ।
नेवार, लिम्बू र गुरुङ समुदायले आ– आफ्नो भेषभुषा अनुसार जात्रा निकालेका थिए । यस्तै धान रोपाइँ नाँचमा समेत विभिन्न समुदायका मानिसहरु आफ्नो परम्परागत भेषभुषा पहिरिएर सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्