७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ओखलढुंगाका वाम्बुले राई समुदायले मनाए ढवाङकुम


403
Shares

ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाएका छन् ।

जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाउने गर्छन् ।

वाम्बुले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा प्रकृति र पितृको पूजा गर्दै यो चाड धुमधामका साथ मनाएका हुन् ।

ढ्वाङकुमटारमा जम्मा भएर मनाइने यो चाँडमा वाम्बुले राईहरुले नाक्सोमार्फत आफ्नो पितृ र प्रकृतिलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायतका वस्तु चढाउने गर्छन् ।

हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङकुमटारमा पुगेपछि घर परिवार र आफन्तसंग भेटघाट तथा नाचगान समेत गर्ने चलन रहेको छ ।