२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा उज्यालो अभियानले २ हजार जनाले नयाँदृष्टि पाए


182
Shares

दाङ । दाङमा उज्यालो अभियान कार्यक्रम अन्तर्गत ५ वर्षको अवधिमा करिब २ हजार जनाले नयाँ दृष्टि पाएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग २०७५ सालदेखि सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको हो ।

यो अभियानलाई आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले अघि बढाइने संस्थाले बताएको छ ।