
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताउनुभएको छ ।
अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गर्नुभयो ।
बुटबलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताउनुभयो ।
अध्यक्ष ओलीले मिसन–८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताउनुभयो । त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको जिकीर गर्नुभयो ।
अध्यक्ष ओलीले अहिले पनि नेकपा (एस) लगायतका दलबाट एमालेमा नेता कार्यकर्ताको लर्को लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्