१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामको सबै वडामा केन्द्रिय प्रसारणको विद्युत विस्तार


104
Shares

इलाम । इलामको सबै क्षेत्रमा यस वर्ष विद्युत् विस्तार हुने भएको छ ।

दशवटा पालिका रहेको इलाममा ८१ वटा वडा रहेका छन् । यस वर्ष यी सबै स्थानमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण इलाम बितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् पुगेको र केही वडामा मात्र बाँकी रहेको जानकारी दिँदै यादवले जिल्ला भर उज्यालो बनाउने योजना अनुसार विद्युतीकरणको काम तीब्र बनाइएको बताउनुभयो ।

मुख्य गरी विद्युत् नपुगेका साकफारा,लुम्दे क्षेत्रका गाउँपालिका फाकफोकथुम, माङसेबुङ र चुलाचुलीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम भइरहेको छ ।

जिल्लाको विकट स्थानहरुमा पनि तार, पोल पुर्‍याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको कार्यालयले जनाएकोे छ ।