
कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध सञ्चालनको व्यवस्था मिलाउन १० वटै पालिकालाई आदेश दिएको हो ।
छाडा चौपायको नियन्त्रणका लागि पालिकालाई अदालतले पहिलो पटक आदेश दिएको हो । साउन ४ गते राति बसले ठक्कर दिँदा बुद्धभुमी नगरपालिकामा १० वटा गाईगोरु मरेपछि चालक दाङका भुपबहादुर विकविरुद्ध प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।
मुद्दाको फैसलामा चालक विकलाई ३ लाख धरौटी लिई तारेखमा छाड्ने अदालतले आदेश दिँदै छाडा चौपायाको नियन्त्रण गर्न १० वटै पालिकालाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्