
काठमाडौं । कतारलाई हराउँदै नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा सोमबार बिहान भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन जोड्यो । उसका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् ।
बलीङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् । जवाफमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर पार गर्यो । नेपालको लागि काजल श्रेष्ठले ३२ रन जोड्दा इन्दु बर्माले अविजित २० रन तथा सिता रानामगरले अविजित १७ रन जोडिन् ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । समूहको अन्तिम खेलमा नेपालले बुधवार युएईसँग खेल्नेछ । उक्त खेलले समुह विजेताको टुंगो लगाउनेछ ।
सन् २०२४ मा हुने महिला टि–ट्वेन्टी विश्वकपका लागि भईरहेको एसियाली छनौटबाट फाइनलमा पुग्ने दुई टोली अर्को वर्ष हुने ग्लोबल छनौटमा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस्