
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ
प्रतिक्रिया दिनुहोस्