२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायलले माग्यो एफ-३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति


572
Shares

एजेन्सी । इजरायलले एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ ।

आईतबार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति लिएको जनाएको हो ।

इजरायली रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार रक्षामन्त्री योभ ग्यालान्टले अबको केही महिनामा सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी रक्षा विभागलाई अनुरोध पत्र पठाएको बताईएको छ ।

इजरायलले संयुक्त राज्य अमेरिकाबाट लकहिड मार्टिनद्वारा निर्मित २५एफ-३५ विमान, सहयोगी र मर्मतसम्भार गर्ने सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको हो । नयाँ तीन वटा विमान २०२७ सम्म इजरायलमा आउने अपेक्षा गरिएको छ । सम्झौता पूरा भएपछि इजरायली वायुसेनालाई विमान दिइनेछ ।

इजरालयलले डिसेम्बर २०१६ मा आफ्नो पहिलो एफ-३५ जेटहरु खरिद गरेको थियो ।