३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानूनमन्त्री गुरुङ


156
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ती हुने गरेको छ नि ? भनेर प्रश्न गर्नुभएको थियो । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताउनुभयो ।

उहाँले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गर्नुभयो । सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानून र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताउनुभयो ।