
सर्लाही । सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराइ बीउ वितरणको तयारी गरेको छ ।
पछिल्लो समय उखुको खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराएको हो । क्षमता अनुसार मिल संचालन र्गन नसकिरहेको समयमा किसानलाइ उन्नत उखुको बीउ उपलब्ध गराउने भएको हो ।
उत्पादन वृद्धि गर्ने उद्देश्यसहित सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उन्नत जातको उखुको बीउ लगाउन किसानलाई प्रोत्साहन गर्दे आएको छ । उद्योगले अहिले २८ विघा जग्गामा विभिन्न तीन जातका उखु लगाएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनुभयो । रजकले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा क्षेत्रफलमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ विघामा फैलाइएको बताउनुभयो ।
नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र उखु किसानको आम्दानीमा वृद्धि हुने उहाँको भनाई छ । इन्दुशङ्करले २८ विघामा तयार पारेको उखुको बीउ झण्डै १ हजार ५ सय विघा जग्गामा रोप्न पुग्ने बताइएको छ । उद्योगले लगाएको उखु अवलोकन पछि किसानहरुले उन्नत जातको उखु लगाउनेसमेत तयारी गरेका छन् ।
७ सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादन लगायतका विषयमा किसानलाई प्रशिक्षण दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्