
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिनु भएको छ ।
काफ्लेले मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा दिएको बताउनु भएको छ ।
राजीनामा पछि सामाजिक संजालमा काफ्लेले देख्नुभएको छ – ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
काफ्ले दोलखा जिल्लाबाट बागमती प्रदेशसभाका लागि निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्