
उदयपुर । त्रियुगा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई स्थानीय सरकार सञ्चालन र व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ ।
नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकारात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण शुरु गरेको हो ।
जनप्रतिनिधि तथा कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको नगरपालिकाका मेयर बसन्त बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्