१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायपरिषद्को बैठक छल्न खोजेको होइन : मन्त्री गुरुङ


273
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूले न्यायपरिषद्को बैठक छल्न नखोजेको बताउनुभएको छ ।

मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताउनुभएको हो । उहाँले आफू जिम्मेवारीबाट नभाग्ने स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले विगतमा कहिले प्रधानन्यायाधीश त कहिले आफू काठमाडौं उपत्यका बाहिर रहेको कारण न्याय परिषद्को बैठक बस्न नसकेको भन्दै बैठक नबस्नुमा आफूलाई मात्र आरोप लगाउन नमिल्ने बताउनुभयो । उहाँले बैठक बस्न नसक्नुको सन्दर्भमा एकले अर्कोलाई आरोपित पनि गर्नु नहुने बताउनुभयो । मन्त्री गुरुङले न्यायपरिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडी बढाइरहेको भन्दै न्यायाधीश नियुक्ति छिटोभन्दा छिटो नियुक्ति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले न्याय क्षेत्रमा शुद्धीकरण अभियान चलाउनुपर्ने पनि बताउनुभयो ।

मन्त्री गुरुङले काबिल, क्षमतावान व्यक्तिहरुलाई न्यायाधीश नियुक्ति गर्नका लागि गहन छलफल भइरहेको बताउनुभयो ।