२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीको दूधौलीमा बहुला कुकुरको आतंक


182
Shares

काठमाडौं । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा बहुला कुकुरले आतंक मच्चाएको छ ।

दूधौली नगरपालिकाको वडा नंबर ३ मा बहुला कुकुरले अहिलेसम्म सात जनालाई टोकिसकेको छ भने केही चौपायलाई पनि बहुला कुकुरले टोकेको जनाइएको छ ।

सेतो रंगको बहुला कुकुरले मान्छे र चौपायलाई जथाभावी टोकेर आतंक मच्चाएको स्थानीयले बताएका छन् । घाइतेहरुको सिन्धुली अस्पताल तथा स्थानीय दुधौली नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

बहुला कुकुरलाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको तर, कुकुर जंगलतिर पसेकाले फेला नपरेको जनाइएको छ ।