
काठमाडौं ।आज मिथिला क्षेत्रमा पनि श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामकासाथ मनाइँदै छ ।
मिथिला क्षेत्रका प्रत्येक जसो गाउँ, नगर बस्तीमा श्रीकृष्णको प्रतिमा स्थापित गरी यो पर्व मनाईदै छ । भदौ कृष्ण अष्टमीका दिन उल्लासमय वातावरणमा श्रीकृष्ण जन्मोत्सव पर्व मनाउने मैथिल परम्परा छ ।
कृष्ण अष्टमी तिथिदेखि व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मिएको समयपछि व्रत समापन गर्ने परम्परा छ । गाउँ तथा टोलमा कृष्णलीला प्रस्तुत गर्ने चलन पनि छ । मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला, तथा जात्रा लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्