१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री साउद


117
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका एजेन्डा तय भइनसकको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने र अहिले कुनै एजेन्डा फाइनल स्टेजमा नपुगेको बतउनु भएको छ ।

मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेको जानकारी गराउँदै विभिन्न मन्त्रालयका एजेन्डाका बारेमा छलफल गरेको, पूर्व परराष्ट्र मन्त्री तथा पूर्व राजदूतसँग पनि छलफल गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी असोज ६ गते चीन भ्रमणको तयारी रहेको छ ।