
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ (तेल) र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो ।
सांसद पन्तले जलासाययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । उहाँले ट्रान्समिशन लाईन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराउनुभयो ।
सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशाययुक्त आयोजनाहरुको निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्