
काठमाडौं । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ ।
बिहीबार सार्वजनिक गरिएको सातौं कृषि गणनाको नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो ।
अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । त्यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।
उहाँले अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको बताउनु भयो । उहाँले पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको बताउनुभयो । उहाँले कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।
उहाँले राष्ट्रिय कृषि गणना २०७८ को नतिाजअनुसार नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार रहेको बताउनुभयो । उहाँले २०६८ को गणनामा भैंसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको बताउनुभयो ।
उहाँले राँगा र भैंसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएपनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उल्लेख गर्नुभयो । उहाँले २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सीमित भएको उल्लेख गर्नुभयो ।
उहाँले ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको बताउनुभयो । त्यस्तै, कृषकले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नु परेको जोशीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्