८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजारमा २९ अंकले गिरावट


234
Shares

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको निराशा जारी रहेको छ ।

साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा पहिरो जारी रह्यो ।

नेप्से १९ अंक बराबरले झरेर १९ सय ३२ मा आएर थामियो । बिक्री चापका कारण कारोबार अर्ब माथि रह्यो । सबै समूह राताम्मे रहँदा जलविद्युत समूहमा सबैभन्दा उच्च अढाई प्रतिशतको गिरावट आयो । अन्य समूह पनि २ प्रतिशतले झर्दा बाँकी समूह पनि १ प्रतिशतले बढीले घटे ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७६ कम्पनीको ३८ लाख कित्ता बराबर शेयर १ अर्ब १५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बिहीबार २ सय ३ कम्पनीको मूल्य घट्दा जम्मा २१ कम्पनीको बढ्यो । यसदिन बाराही हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड र अपर सोलु हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च ९ प्रतिशतमाथि गुमाए । घटेको बजारमा पनि शुभम् पावरका लगानीकर्ताले भने १० प्रतिशत कमाए ।