
काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
बिहीबार अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएर सुनुवाई अगाडि बढेपनि सन्दीपका वकिलले थप प्रमाण मगाउन माग गरेका हुन् ।
यसअघि सन्दीप लामिछानेले अदालतमा पेश गरेका कागजात कहाँबाट ल्याइएको भन्दै प्रश्न गरेका थिए । सन्दीपले आफ्ना शुभेच्छुकले दिएको जवाफ दिएका थिए । तर, ती कागजातका अभिलेख सम्बन्धित वडा कार्यालयमा रहेको भन्दै कार्यालयबाट जन्मदर्ता र बसाइसराइका अभिलेख मगाउन आदेश दिएको हो ।
यसअघि सन्दीपले आरोप लगाउने किशोरी नाबालिग नभएको कागजात अदालतमा पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्