
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताउनुभयो ।
मन्त्री शर्माले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गर्नुभयो । उहाँले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताउनुभयो ।
प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्