
फाइल तस्बिर
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।
शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
गत पुस २४ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्की विश्वासको मत पाउन नसकेपछि गत असार १५ मा पदमुक्त हुनुभएको थियो ।
सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि शुक्रबार कार्कीले पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्