१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल


624
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि की मिलेर जानुपर्ने, की कसैलाई साथ दिनुपर्ने र की चुनावमा जानुपर्ने विकल्पमात्रै रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताउनुभयो ।