२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मलंगवामा झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ


15.119k
Shares

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको हो ।

मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।

सीडीओ यादवका अनुसार जिल्ला प्रहरी प्रमुखसहितको टोली सुरक्षामा तैनाथ छ । गएराति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो । आज फेरि प्रदर्शन चर्किएपछि प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको स्थानीयले बताएका छन् ।

शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षिय बैठकले धार्मिक, जातिय, साँंस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ ।