
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि स्थानीय तहको रकमलाई पनि निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् ।
अर्थ मन्त्रालयको स्वीकृतिमा केन्द्रीय बैंकले आइतबारदेखि स्थानीय तहमा जाने रकमलाई बैंकहरुले निक्षेपको रूपमा गणना गर्न पाउने सुविधा प्रदान गरेको हो ।
गत शुक्रबार अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिने व्यवस्थाका लागि निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुले स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपको रूपमा गणना गर्दै आएका थिए ।
तर, नयाँ आर्थिक वर्षको सुरुवातसँगै नेपाल राष्ट्रबैंकले उक्त सुविधा खासेको थियो । स्थानीय तहमा जाने अर्बाैं रकम निक्षेपमा गणना गर्न नपाउँदा बैंकहरुलाई कर्जा निक्षेप अनुपात, अनिवार्य नगद अनुपातलगायतका मापदण्ड पूरा गर्न कठिनाई भएको छ ।
प्रतिक्रिया दिनुहोस्