१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


चिनियाँ राजदूतको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको डा. शशांकको टिप्पणी

कांग्रेसको गुटबन्दी रोक्ने क्षमता आफूमा मात्रै भएको दाबी

182
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा शशांक कोईरालाले चिनियाँ राजदुत छन् सोङले केहिदिन अगाडि दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउनुभएको छ ।

आइतबार नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताउनुभयो । कोईरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसमा चरम गुटबन्दी भएकाका कारण समस्या भएको बताउदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफूले मात्र राख्ने दाबी गर्नुभयो । कोईरालाले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताउनुभयो ।

उहाँले आफू वर्षात सकिए लगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताउनुभयो । डा. कोईरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो । उहाँ सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताउनुभयो