
फाइल तस्बिर
बैतडी । अविरल वर्षापछि पहिराका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्म घरनजिकै आइतबार बिहान साढे ११ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।
राजमार्गमा खसेको पहिरो जेसिबीको सहायताले पन्छाएपछि दिउँसो राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्