१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्दै यस वर्षको जी २० सम्मेलन सम्पन्न


533
Shares

एजेन्सी । जी–२० देशका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापन गर्दै ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्नुभएको छ ।

ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी–२० देशहरूको अध्यक्षता सम्हाल्ने भएको छ । समापन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले आगामी नोभेम्बरसम्म जी–२० को अध्यक्षता भारतसँग रहेतापनि जी २० को समीक्षा गर्न भर्चुअल सत्र आयोजना गर्ने प्रस्ताव समेत गर्नुभएको छ ।

साथै उहाँले जी–२० सम्मेलनको समापनको घोषणा गर्दै विश्वभर शान्ति छाउने आशा ब्यक्त गर्नुभयो । मोदीले १ सय ४० करोड भारतीयको शुभकामना सहित सबैलाई धन्यवाद दिनुभयो ।

हाल संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाँच सदस्य छन् । जसमा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स रहेका छन् ।