
काठमाडौं । तारा एयरले सोमबारबाट पोखरा–जोमसोम उडान सुरु गर्ने भएको छ ।
प्रतिकुल मौसमका कारण बन्द गरिएको उडान मौसम अनुकुल हुन थालेपछि पुनः नियमित गर्न लागिएको हो ।
शरद ऋतुका लागि पर्यटकहरुको संख्या पनि बढ्दै जान थालेपछि एअरलाइन्सले उडान नियमति गर्ने भएको बुझिएको छ । जोमसोम उडानका लागि तारा एयरले एउटा विमान राती पनि पोखरामै राख्ने भएको छ ।
हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ । जोमसोम उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ ।
जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७ सय ३६ मिटर उचाईमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्