
web pic
काठमाडौं । सुनसरीको रामधुनीमा एक बालकको डुबेर मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए ।
डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्