
काठमाडौं । मुस्ताङको कागखोलालाई पुरानै धारमा फर्काइएको छ ।
गत साउन २८ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पुर्याएको थियो । बाढी आउँदा बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले जनाएको छ ।
क्षतिग्रस्त भौतिक संरचनाको मर्मत गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउन तीव्रताका साथ काम भइरहेको जनाइएको छ । बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको पालिकाले जनाएको छ ।
साथै खोला वारपार गर्न जनश्रमदानबाट काठको अस्थायी पुल निर्माण गरिएको छ । कागखोलाको बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्