१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एन्फाको विशेष साधारणसभा स्थगित, अध्यक्ष नेम्वाङविरुद्ध अविस्वासको प्रस्ताव दर्ता


1.742k
Shares

काठमाडौं । अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको छ ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यले इमेलमार्फत अविश्वासको प्रस्ताव दर्ता गरेपपछि असन्तृष्ट पक्षसँग छलफल गर्ने र निकास निकाल्ने भन्दै अध्यक्ष नेम्वाङले साधारणसभा स्थगित गरेका हुन् । अध्यक्ष नेम्वाङले अव क्लब र जिल्लासँग छलफल गरेर साधारणसभाको नयाँ मिति तोकिने बताएका छन् ।

सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि स्थगित गर्नुपरेको थियो । एन्फाले आइतबार कोरम नुपेगपछि साधारणसभा आज बोलाउने निर्णय गरेको थियो ।