२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राणा नेतृत्वको तेक्वान्दो संघले खेल्न नदिएपछि न्याय खोज्दै खेलाडी


429
Shares

काठमाडौं । नेपाली तेक्वान्दोका ४० भन्दा खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गराएको भन्दै न्याय माग गरेका छन् ।

नेपालका लागि दक्षिण कोरियाली दुतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ २७ देखि ३१ गतेसम्म ११ औं कोरियाली एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदैछ । उक्त प्रतियोगितामा प्रतिष्पर्धा गर्न देशभरबाट धेरै खेलाडीको आफ्नो नाम दर्ता गराएका थिए ।

तर, प्रकाश शमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले आफूहरूको दर्ता अस्विकृत गरेको खेलाडीहरूको भनाइ छ । यससँगै संघले स्वतन्त्रपूर्वक खेल्न पाउने आफूहरूको अधिकारीबाट वञ्चित गराएको खेलाडीहरूले आरोप लगाएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा खेलाडीले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै तेक्वान्दो संघ भित्रको राजनीति खिचातानी कारण आफूहरूको भविष्यमाथि समेत खेलबाड भइरहेको बताएका छन् ।

सोही टोलीका राष्ट्रिय खेलाडीसमेत रहेका एलिस ठकुरीले आफ्नो गुरुको नाम लिँदै संघका केही व्यक्तिले पटकपटक आफूलाई निरुत्साहित हुने काम गरेकाले प्रशिक्षण क्याम्प नै छाड्न बाध्य भएको बताएका छन् । संघ र प्रशिक्षकबीचको विवाद कारण आफूहरूलाई प्रतियोगिता खेल्न वञ्चित गराउँदै आएको उनीहरूको आरोप लगाएका छन् ।